आतंक मच्चाएपछि गोली हानी मारियो राँगो

काठमाडौं: काठमाडौंमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित गोदाम चौरमा राँगो मारिएको हो।

राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको उनले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.