कोरोना संक्रमण फैलिहालेमा पुर्व तयारी अवस्थामा छौ,निर्देशक जोशि

धनगढी: सुदूरपश्चिममा कोरोना संक्रमणको दर बढ्दै गएको छ । भारत संग खुला सिमाना हुदा, र स्वास्थ्य मापदण्डको पालना नगर्दा साउन १ गते बाट दैनिक संक्रमण दर उकालो लागेको हो ।

कोरोना संक्रमण फैलिन नदिन सबैले स्वास्थ्य मापदण्डको पालना गर्न, धेरै भिडभाड नगर्न,माक्स अनिवार्य लगाउन सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ । कोरोनाको सक्रंमण दर घटाउन निर्देशनालय लागि परेको यदि संक्रमण फैलिहालेमा पुर्व तयारी अवस्थामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक जगदिश जोशिले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना रोकथामका लागि एक हप्तामा सबै क्षेत्रमा कोरोनाको खोप लगाउने र स्थानिय तहलाई पूर्व तयारी अवस्थामा रहन भनेको सुदूरपश्चिप प्रदेश सामाजिक विकास मन्त्रालयका सचिप दिपक लामिछानेले जानकारी दिए
सुदूरपशिचम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले बिहिबार सार्वजनिक गरेको तथ्याङक अनुसार हालसम्म पाँच लाख ५७ हजार ६ सय ७२ जनाको परिक्षण गर्दा ५९ हजार आठ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाका कारण सुदूरपश्चिममा अहिले सम्म ६ सय ३३ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा विहिवार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १८ जनामा संक्रमण भेटिएको हो।

निर्देशनालयका अनुसार कञ्चनपुर र कैलालीको सीमा नाकामा ३३४ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जना र सेतीमा २३ नमूनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण फेला परेको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.