रहेनन् सुदूरपश्चिमका वरिष्ठ देउडा गायक, हरिचन्द कठायत

 धनगढी ११ ,  दिपक बम :सुदूरपश्चिमका वरिष्ठ देउडा गायक हरिचन्द्र कठायतको निधनले सुदूरपश्चिमका देउडा प्रेमिहरुलाई स्तब्ध बनाएको छ । २०२५ सालमा बझाङको छबिसपाथिभेरा गाउँपालिका २ मुम्लामा जन्मिएका उनको ५४ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

गायक कठायतको मस्तिष्क घातको कारण उपचारको क्रममा बुधवार निधन भएको हो । एकहप्ता अघि मस्तिष्क घातका भएका उनको नवजिवन अस्पतालमा भर्ना भएको थियो । उनको त्यहाँ उपचार सम्भव नभएपछि सेति प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो ।

देउडाका नेतृत्व कर्ता तथा क्रान्तीकारी योद्धा गुमाएको कालिकोट घरभई कैलालिको टिकापुर बस्दै आउनु भएका लोकपृय देउडा गाएक सुरेश साहिले बताए । उनले गाएका गित अजम्बरी भएका गाएक शाहीको भनाई छ ।

उनको मर्मस्पर्सी शब्द तथा सिर्जना र त्यसमा माथि पनि मीठो स्वरमा सजिएका देउडा गित तथा देउडा संस्कृतिमा उनले गर्नु भएको योगदान हाम्रा लागि अविस्मरणिय रहने गाएक शाहिले बताए । उनले मृतक कठायतको मृत्युको खबर प्रति दुःख व्यक्त गरे ।
२०५० सालदेखि देउडा गायनमा लागेका उनि एउटा सक्रिय तथा सफल गायकका रुपमा चिनिन्छन् । उनले गाएका सुदूरपश्चिमका देउडा कर्णालीका भेल,ल बिणि खान्या की लागायतका चर्चित गित निकै चर्चामा आएका थिए । उनले जति देउडा गितको लागि मेहनेत गर्नु भयो,त्यतिनै दःख पनि भोगे ।

उनले गीत गाएर पारिवार पाल्न सकेनने । परिवार पाल्न उनि विदेश पनि गए । मेन पावरको ठगिबाट कुबेत गएका उनी ईराक पुगे,उनले त्यहाँ धेरै दुःख दायी जिवन भोगेका थिए । सुदुरपश्चिमका लोकपृय लोक तथा देउडा गाएका कठाएतको निधनले यहाँका कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.