समाजबादीले गर्यो एमसिसी संसदमा टेबल गर्न नरोक्ने निर्णय

नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई संसद्‍मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ।

शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसिसी संसद्‍मा टेबल गर्न नरोक्ने तर यथास्थितिमा पारित गर्न भने नदिने निर्णय गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन गरेरमात्र एमसिसी पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले बताए।

यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए। ‘एमसिसी टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन। संसद्‍मा छलफल गर्न पाउनुपर्छ। तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ।,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ। संसद्को अवरोध हट्नुपर्छ। अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ।’एमसिसीको बारेमा पार्टीको १२ औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदलको बनाएको थियो।

सो कार्यदलले १४ औँ बैठकमा एमसिसीबारे रिपोर्ट प्रस्तुत गरेको थियो। सोही रिपोर्टबारे खनालले विवरण प्रस्तुत गरेका थिए। आजको बैठकमा २५ सदस्यले धारणा राखेका थिए। सत्ता गठबन्धनका दलहरूबीच एमसिसीबारे साझा मत बन्न सकेको छैन।

कांग्रेसबाहेकका दलहरू एमसिसीको बिपक्षमा देखिएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.