अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण

साउन ६, एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ । ह्वाइहाउसका प्रवक्ता केराइन जीन पयरेले राष्ट्रपति बाइडेनलाई सङ्क्रमण भएको जानकारी दिएको बीबीसी हिन्दीले जनाएको हो ।

राष्ट्रपति बाइडेन निवासमै आइसोलेशनमा रहेको र सामान्य औषधिको प्रयोग गरिरहेको पनि खबरमा उल्लेख छ ।
राष्ट्रपति बाइडेनमा कोरोनाका सामान्य लक्षण देखिएका छन् । उनले निवासबाटै काम गर्ने प्रवक्ता पयरेले बताए ।

राष्ट्रपति बाइडेनले यसअघि नै कोरोनाविरुद्धको बुष्टरमात्रा समेतको खोप लगाइसकेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.