साउन पहिलो साता देखि नै भारत जानेहरुको लर्को (फोटोफिचर)

धनगढी, ४ उमेश बडु । साउन पहिलो साता देखि नै भारत जानेहरुको लर्को शुरु भएको छ । भारत जानेहरुको लर्काे नेपाल भारत सीमा कैलालीको गौरीफण्टा र कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी बनबासा नाकामा दिनहु बढिरहेको देखिन्छ । बुधवार मानिसहरु झरीको वास्ता नगरी पानिमा भिजेर पैदल यात्रामा भारत गैरहेका छन् ।

                                   

असार र साउन महिनामा किसानहरुलाई विशेष गरी खेतीपातीको चटारोले भ्याई नभ्याइ हुने गर्छ । खेतीपाती सकेर गाउँमा केही काम नहुने भएकाले आफ्नो घरयासी खर्चको जोहो गर्न सुदुरपश्मि र कर्णाली प्रदेशका नेपालीहरु हरेक वर्ष झैँ यस वर्ष पनि भारत तर्फ जान थालेको उनीहरु बताउँछन् ।

                                     

भारतको सिमला जान लागेका कैलाली बडैपुरका राम बहादुर थारुले मकै छर्ने र धान रोपाई गरेर सकिएकाले दशैँ, तिहार, माघी जस्ता चाडपर्वको खर्च जुटाउन रोजगारीका लागि जान लागेको बताए । राम थारुजस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसहरु साउन महिनाको तेस्रो साताबाट नेपालगन्जको रुपैडिहा, कैलालीको गौरीफण्टा र महेन्द्रनगरको गड्डाचौकी बनबासा नाका हुँदै भारत तर्फ मजदुरी गर्न जाने नेपालीहरु दिनप्रतिदिन बढ्दै गएका छन् ।

                             
स्थानिय,प्रदेश सरकाले रोजगारीको कुनै पहल नगरेको आरोप लगाउँछन् कैलाली मसुरीयाका अजय चौधरी उनी पनि खेती पाती सकेर घर खर्च चलाउन भनि भारतको महाँराष्ट्र तिर लागेका छन् ।

नेपाल भारत सीमास्थित कैलालीको गौरीफण्टा प्रहरी चौकीका अनुसार,गौरीफण्टा नाका हुँदै दैनिक झण्डै २ देखि ३ सय नेपाली भारत तर्फ मजदुरीका लागि जाने गरेका छन् । बालबच्चा लिएर सपरिवार भारत तर्फ जाने गरेको पनि पाइन्छ । कैलालीको गौरीफण्टा नाकामा खटिएका सशस्त्र प्रहरीले दैनिक २ देखि ४ सय सम्म नेपाली नागरिक भारत तर्फ मजदुरी गर्न जाने गरेको जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.