महाकाली र सेती नदीमा पानीको बहाव बढ्ने
धनगढी – आज (बुधवार) महाकाली र पश्चिम सेती नदीमा बहाव सतर्कता नजिक हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस दिन पश्चिम राप्ती, बबईका तराई भई बहने सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने विभागले जनाएको छ ।
बाँके, बर्दिया, कैलाली भई बहने साना नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।