कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। जिल्लाको बेलौरी नगरपालिका–५ रामनगर बस्ने ३५ वर्षीय हरीलाल रानाको करेन्ट लागेर मंगलबार राति ज्यान गएको हो।

माछापोखरीको लागि मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर भएका उनको धनगढीस्थित निसर्ग अस्पताल उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.