बैतडिको पुर्चौडी बहुमुखी क्याम्पसमा तलाबन्दी
असाढ २७ धनगढी । बैतडिको पुर्चौडी बहुमुखी क्याम्पसमा तलाबन्दी गरिएको छ । कैलाली घर भइ बैतडिमा ज्याला दारि गर्दै आएकी एक महिलाइ क्याम्पस प्रमुखले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
क्यम्पस प्रमुखको कारबाहिको माग गर्दै चौतर्फि बिरोध भएपछि सोमबार राजिनामा दिएका छन् । उनले केहि अमुख व्यक्ती तथा राजनितिक दलका भातृसंगठनहरुले अपुष्ट कुराहरु फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकाले सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि आफुले राजीनामा दिएको नेगीले जारी गरेको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस निकट ( ने वि सं) र एमाले निकट (अनेरासोब्यु )ले प्रतिगमन गर्ने क्याम्पस प्रमुख राजेन्द्र नेगीले नैतिकताको आधारमा राजिनामा र सम्पुर्ण विद्दार्थिको सामु माफी नमागे सम्म राजिनामा स्विकृर्त नहुने भन्दै क्याम्पस प्रमुखको कार्य कक्षमा ताला लगाएका हुन ।