संघीय सदन को स्वास्थ तथा शिक्षा समिति द्धारा गेटा मेडिकल कलेजको बारेमा बृहत अन्तरकृया

धनगढि :संघीय सदन को स्वास्थ तथा शिक्षा समितिले गेटा मेडिकल कलेजको बारेमा बृहत अन्तरकृया गरेको छ । आईतवार कैलालीको अत्तरियामा समितीले यस क्षेत्रका जनप्रतिनिधी , राजनितिक दलका प्रतिनिधी, नागरिक समाजका अगुवा र गेटामा चिकित्सा बिश्वबिधालय संचालानर्थ गठित संघर्ष समिति का प्रतिनिधीहरु सँग राय सुझाब माग गरेको हो ।

समितीका सदस्य एमाले सांसद योगेश भट्टराईले गेटामा निर्मित मेडिकल कलेज कुण मोडेलमा सन्चालन गर्न सकिन्छ भनेर स्थानिय सबैको धारणा बुझ्न् समिती आएको बताए । उनले सबैको धारणा बुझेर सरकारलाई आबश्यक निर्देशन दिने बताए ।

समितीमा सांसद मान बहादुर विश्वकर्मा, योगेश भट्टराई , नबिना लामा, चित्रालेखा यादब, डा दिपक प्रसाद भट्ट , नारदमुनी राना लगाएतका रहेका छन । यसअघि समितीका सदस्यहरुले निर्माणाधिन गेटा मेडिकलको भौतिक संरचनाको अनुगमन समेत गरेका छन ।

कार्यक्रममा बोल्ने सबै बक्ताहरुले गेटा मेडिकल कलेजलाई स्वायत्त विश्वबिधालयको रुपमा छिटो सन्चालन गर्नुपर्ने समितीलाई सुझाब दिएका छन।उनिहरुले सुदुरपश्चिमलाई हेर्ने सरकारको धारणामा पनि बादलाब आउनुपर्ने बताए । कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थिती रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.