डोटी जिल्ला प्राकृतिक प्रकोपको उच्च जोखीममा, गतवर्ष प्रकोपका कारण १६ जनाको मृत्यु, २९५ परीवार प्रभावित

दिपक बम, असाढ २५ धनगढी, ।बर्षा लागेसङ्गैं पहाडि जिल्लाका स्थानियको मनमना फेरी चिसो पस्न थाल्यको छ । वर्षौ देखि सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानिय प्राकृतिक प्रकोपको तथा विपत्तिको सामना गर्दै आएका छन् ।

गतवर्ष असोज कार्तिकमा परेको अविरल वर्षाले सुदुर पश्चिममा जनधनको क्षती भएको थियो । त्यस बाट डोटी जिल्ला पनि अछुतो रहेन । त्यस विपत्तिले डोटीमा धेरै परीवार विस्थापित हुन पुगेको डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन । ‘उनले भनिन’ भन्न सकिदैन त्यो अवस्था फेरी नआउला भनेर,। विगतका घटना हेरेर विपत व्यवस्थापनका लागि विपत प्रतीकार्य योजना बनाएको र त्यसैलाई कार्यन्यायन गर्ने उनले बताईन् ।

गत बर्ष डोटी जिल्लामा पहिरोमा परी १४ जनाको मृत्यु भएको र बाढी तथा डुबानका कारण १,१ जनाको मूत्यु भएको थियो । त्यस्तै पहिरोमा परेर १३ जना र चट्याङ लागेर ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका नायब उपरिक्षक (डिएसपी) भोला भट्टले जानकारी दिए । प्रहरीका अनुसार २०७८ मा मात्र २९५ परीवार लाई प्रभावित भएका थिए । त्यसमा ५१ परीवार पूर्ण विस्थापित भएका थिए, भने २४४ घरमा आङ्सिक क्षति भएको(डिएसपी)भट्टले बताए ।

त्यसैलाई आधार मान्ने हो भने यो वर्ष पनि डोटी जिल्ला उच्च प्राकृतिक प्रकोपको जोखिममा रहेको(डिएसपी) भट्टले भने । उनले बाटो पुगेका तर वर्षाको समयमा यातायात नचल्ने क्षेत्रमा त्यसै ठाउँको स्थानिय सरकारलाई बढी सक्रीय बनाएर तिनवटै स्तरका सुरक्षा निकायले आवस्यक सुरक्षा सामग्री सहित तयार गरेको उनले बताए ।
(डिएसपी)‘भट्टले भने’ अहिले प्राकृतिक प्रकोप तथा विपत्तिको समय हो । उनले सरकारी तथा गैरसरकारी संघसस्था र सुरक्षा निकायको मात्र भर नपरी आफैले सजक र जिम्मेवार हुन आग्रह गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.