बाजुराको बुढीगंगामा एमालेको विजयी सुरुवात

धनगढी: बाजुराको बुढीगंगामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ। बुढीगंगा नगरपालिकाको वडा नम्बर १ को मतगणना सम्पन्न भएकोमा त्यहाँ एमालेका उम्मेदवार विजयी भएका हुन्। बुढीगंगा नगरपालिका- १ को वडाध्यक्षमा एमालेका उम्मेदवार रणबहादुर थापा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको   छ।

कार्यालयका अनुसार काँग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै एमालेका थापा विजयी भएका छन्। एमालेका थापाले ३ सय ५३ मत ल्याएका छन् भने कांग्रेसका थापाले ३ सय १८ मत ल्याएका छन्। १३ सय २६ मतदाता रहेको उक्त वडामा ८ सय ३१ मत खसेको थियो। २०७४ को स्थानीय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.