भ्रस्टचार गरेको भन्दै समुदायिक वनका अध्यक्ष लाई कालोमोसो दलियो
धनगढी:डडेलधुरामा भ्रस्टचार गरेको भन्दै समुदायिक वनका अध्यक्ष लाई कालोमोसो दलीएको छ । डडेलधुरामा नेकपा बहुमतका कार्यकर्ताले समुदायिक वनका अभ्यक्षलाई भ्रस्टचार गरेको भन्दै कालोमोसो दलेका हुन् ।
बिहीबार राति जिल्लाको आलीताल गाउपालीका ३ स्थित तुङ्गा समुदायिक वन उपभोक्ता समितीका अध्यक्ष सर्वजित मडैलाई कालोमनेसो दलेको हो । अध्यक्षले कृते कागज बनाएर समुदायिक वन उपभाक्ता समिती र डिभिजन वन कार्यलय आलिताललाई छलेको समुदनयिक वनको खाताबाट २२ लाख रुपयाँ भ्रस्टचार गरेको भन्दै कालोमोसो दलेको नेकपा बहुमतका कार्यकर्ताले बताए ।
डडेल्धुराको आलिताल गाउँपालिका– ३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले समातेको छ। वनको समितिको खातामा रहेको २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।