सेती प्रादेशिक अस्पतालका सटरबाट १ करोड ३ लाखँ ३४ हजार ६ सयँ ७ रुपिया भाडा उठ्दै

असार,२० धनगढीःसेती प्रादेशिक अस्पतालले १९ वटा सटर भाडामा दिएको छ । रेडक्रस भवन देखी मालपोत कार्यालय सम्म सेती प्रादेशिक अस्पतालका १९ वटा सटर रहेका छन् ।

उक्त सटरहरु मेडिकल तथा अन्य व्यापारका लागि दिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

सटरहरुबाट वार्षिक १ करोड ३ लाखँ ३४ हजार ६ सयँ ७ रुपिया उठ्ने श्रेष्टले बताए । उनका अनुसार सटर अस्पतालको सेवाका लागि नभएर अस्पतालको आन्तरिक आर्थिक स्रोत जुटाउनका लागि बनाएको बताए ।

सटरबाट आएको रकम अस्पतालको विकास समितीको निर्णय अनुसार अस्पतालमा नयाँ सेवा सुचारु गर्न, उपकरण खरिद गर्न तथा कर्मचारी भर्नामा खर्च हुने अधिकारी श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिम को एकमात्र प्रादेशिक आस्पताल सेती प्रादेशिक अस्पताल हो । सुदूरपश्चिमका अन्य जिल्लामा उपचार शम्भब नभएका बिरामी सेती प्रादेशिक अस्पतालमा रिफर गरिन्छन् । सेती अस्पतालमा भौतिक संरचना को अभाब भएको कुरा सुन्नमा आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.