भारतले दियो डडेल्धुराको महेन्द्र मा.वि.लाई बस

धनगढीः भारत सरकारले डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ। नेपालमा रहेको भारतीय राजदूतावासले आइतबार अमरगढी नगरपालिका–५ खंलगा डडेल्धुरामा रहेको महेन्द्र माविलाई अनुदान सहायतास्वरूप बस प्रदान गरेको हो।

विद्यालयका प्रधानाध्यापक शुरेन्द्र ऐरले आज उक्त बस बुझेको बताएका छन्। यस्तै राजदूतावासले अजयमेरु गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले उक्त एम्बुलेन्स बुझेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.