सुदूरपश्चिमका सामुदायिक विध्यालयका विद्यार्थिले :पाएनन् पाठ्यपुस्तक

धनगढी : शैक्षिक सत्र सुरु भएको डेढ महिना बिति सक्दा पनि अहिले सम्म सुदूरपश्चिमका सामुदायिक बिद्यालयका विद्यार्थिले पाठ्यपुस्तक पाएनन् । जेठ एक गते देखि शैक्षिक सत्र सुरु पनि अहिले सम्म यहाँका विद्यार्थिले सबै पुस्तक पढ्न पाएका छैनन् ।

पुस्तक नहुदा आफुहरुको पढाइ बाधा भैरहेको विद्यार्थिहरुले गुनासो गरेका छन् । विद्ययालय जान्छु सबै पुस्तक छैन अनि के पढ्नु’ पञ्चोदय माध्यामिक विद्यालय कक्षा ९ मा अध्यनरत विद्यार्थि रेनु बमले भनिन् ।

कक्षा १० सम्मका कतिपय बिषयहरुको पाट्यक्रम परीवर्तन गरिएको छ । यस्तो समयमा नेपाल सरकारले पुस्तक समयमै उपलब्ध गराउनु पर्ने हो । शैक्षिक सत्र सुरु भएको १ महीना १५ दिन भै-सक्दा पनी सरकारले पाठ्यपूस्तक उपलब्ध गराउन नसक्नु गैर जीम्मेवारी पूर्ण कार्य हो ।

सरकार र शिक्षा मन्त्रालयको यस विषय खासै चासो नभएको त्रीनगर माध्यामिक विध्यालयका प्रधानाध्यापक भुपाल सिं खड्का ले आरोप लगाए । उनले विद्यालयमा निरन्तर कक्षा चलिरहेकाले चाडै पुस्तक उपलब्ध गर्न आग्रह गरे ।

प्रथम त्रैमासिक परीक्षा पनि नजिकै आउन थालेको छ । विध्यार्थिको हातमा भने अझै पुस्तक परेको छैन । बर्खा लाग्यो पहाडि जिल्ला तिर पुस्तक पुर्याउन त झन निकै समस्या हुन्छ । अहिले सम्म ५५ प्रतिशत मात्रै शुदुर पश्चिममा पुस्तक उपलब्ध भएको छ बाकि ४५ प्रतिशत कहिले आउछ थाहा छैन सुदूरपश्चिम पुस्तक ब्याबसायी महासंघका प्रदेश अध्यक्ष मेखराज पन्तले भने ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड ८० लाख पुस्तक छापि सकेको र आठ लाख पुस्तक बाकी रहेको एक डेढ हप्ता भित्रै छपाई सक्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले जानकारी दिए ।

सुदूरपश्चिमका निजी विद्यालयले पनि पुस्तकको माग गरेको हुदा सुदूरपशिचममा मागको आधारमा पुर्ति अभाब भएको उनले बताए । अबको एक साता भित्र सबै किताव उपलब्ध गराउने उनले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.