विद्यालय भवन कटानको जोखिममा
धनगढी:कैलालीको गौरीगंगा नगरपालिका वडा न.५ स्थित अण्डैयामा रहेको जनजागृती आधारभूत विद्यालय कटानको खोखिममा रहेको छ ।अविरल असार दोश्रो साता आएको वर्षाको कारण विद्यालय छेउमै रहेको खोलामा आएको बाढीले कटान गरेपछि सो विद्यालयको भवन जोखिममा रहेको हो ।
विद्यालयको जमिन कटानले समस्या भएपछि विद्यालय प्रशासनले अनुगमनमा रहेको टोलीलाई गौरीगंगा नगरपालिका उपप्रमुख भोज बहादुर बमलाई यथासिघ्र तटबन्ध गरिदिन माग गरेका छ्न् ।
जनजागृती आधारभूत विद्यालयका प्रधानाध्यापक डिबी सुनारले गाउँको पानीको निकास विद्यालय खोला जाने भएकोले बर्सेनि जमिन कटानको समस्या रहेको बताए ।यसैगरि वडा न.– ५ को वडा कार्यालको भवन पनि जमिन कटानको जोखिममा रहेको छ । अबिरल वर्षाको कारण वडा कार्यालय छेउमै रहेको जमिन कटान भएपछि जोखिमा परेको हो ।
गौरीगंगा नगरपालिका वडा न ५ का वडा अध्यक्ष विष्णु भाटले वडा कार्यालयसँग कम बजेट भएकोले विद्यालय र वडा कार्यालयको खोला छेउको जमिनको तटबन्ध गर्न समस्या भएकोले नगरपालिका कार्यालयको बजेटको आवस्यक रहेको बताए । खोलाले कटान गरेको ठाउँमा इस्टिमेट बनाइ तटबन्ध गर्ने नगर उपप्रमुख भोज बहादुर बमले वताए ।
अनुगमनमा जिल्ला समन्वय कैलाली प्रमुख पदम बहादुर कलेल,वडा अध्यक्ष विष्णु भाट,नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा पतिनिधि र नगरपालिका कार्यालय इन्जिनियरको सहभागिता रहेको थियो ।