आरटी आर १६० फोर भीको एफआई बिएसभी धनगढीमा सार्वजनिक
धनगढी: आरटीआर १६० फोर भीको एफआई बिएसभी धनगढीमा सार्वजनिक धनगढी/जगदम्वा मोटर्सले एिक कार्यक्रमको आयोजना गरी ग्राहकहरुका विच औपचारी समारोह मार्फत बोगेश्वरी अटोमोटिभ्स धनगढीले बिएस भीआई मोडलको नयाँ टीभीएस आरटीआर १६० फोर भीको एफआई बिएस भी आई सार्वजनिक गरेको छ ।
टीभीएसले बजारमा ल्याएको नयाँ टीभीएस आरटीआर १६० फोर भीको एफआई बिएस भी आइमा ३राइड मोडहरु रेन, अर्बन र स्पोर्ट जस्ता उत्कृष्ट mिचर राखिएका छन् ।
जसले सवारी लाई परिस्थितीमा अनुकुल बनाउँन सजिलो हुन्छ । यस मोटरसाइकलले स्पोर्ट मोडमा 17.55Ps\ @ 9250rpm र अर्बन र रेन मोडमा 15.64Ps\ @8600rpm पावर उत्पादन गर्दछ ।
त्यस्तै, यसले स्पोर्ट्स मोडमा14.73Nm @ 7250rpm र अर्बन र रेन मोडमा14.14Nm @ 7250f\ rpm टर्क उत्पादन गर्दछ । राइड मोडहरूले पावर र ABs सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन् । मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन(RTFI) प्रविधिको BS-VI अनुरूप इन्जिन रहेको छ जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ । यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँछ ।