चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधीमैत्री बनाउने
अछाम :अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधी मैत्री बनाउने भएको छ । सबै विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नका लागि आवश्यक फोर जि,फाईभ जि(4G,5G )मा आधारित तार रहित ईन्टरनेट सेवा नेपाल दुर सन्चार प्राधिकरणको आर्थिक सहयोग ,नेपाल टेलिकमको नेटवर्कको प्रयोग र शाग्रिला ईन्फरमेटिक्स प्रा।लिको प्राबिधिक सहयोगमा चौरपाटि गाउपालिका भरिका १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्मकाम ३६ ओटा आधारभुत बिधालयमा २ एम्बि पिएसको ब्यसायिक (corporate pack ) सहित आउटडोर डिभाईस र ईन्डोर डिभाईस शुक्रबार एक कार्यक्रमका बिच बितरण गरिएको छ ।
पालिका भित्र फोन गर्दा पनि मोबाईल टावर नै नदिने ठाउमा सो डिभाईस परिक्षण गर्दा एकदमै राम्रो काम गरेकोले डिभाईस प्रदायक र नेपाल दुर सन्चार प्राधिकरण संग बिशेश पहल गरि सो सेवाउपल्ध गराउनु भएकोमा पालिका अध्यक्षको सम्पुर्ण ३६ ओटै आधारभुत बिधालयका प्र.अ.हरुले प्रसंशा समेत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै चौरपाटि गाउपालिकाका अध्यक्ष भिम बहादुर साउदले बिधालयलाई सुचना प्रबिधि मैत्री बनाउदै लैजाने निति गाउपालिकाले अगाल्ने बताए ।बिधालयको सिकाइ उपलब्धी बृद्धि गर्न सुचना प्रविधि विस्तार कोषे ढुंगा सावित गराउदै जाने प्रतिवद्धता गर्नुका साथै अहिले बितरण गरेको डिभाइसले दुर्गम क्षेत्रका बिधालयमा इन्टरनेटको पहुच बिश्वास ब्यक्त गर्दे यो सुविधाको समुचित प्रयोग गर्न विधालयका प्रधानाध्यापकलाई आग्रह गरे ।
कार्यक्रममा गाउपालिका उपाअध्यक्ष सर देबि खड्का बिशिष्ट अतिथी रहनु भएको थियो ।
चौरपाटि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले अब नेपाल सरकारको पेपरलेस र महामारि आउदाअनलाईन शिक्षा समेत आधारभुत मा पुगेको प्रति सबैलाई खुसि हुन र यसको उपयोग भरपुर गर्न सम्पुर्ण प्रध्यापकलाई र्निर्देशन दिए।