यस कारण समेटिए:सुदुरपश्चिमका योजना अन्य प्रदेसमा
अशाढ १०,धनगढी : सुुदुरपश्चिम प्रदेश सरकारले संघीय सरकारले सशर्त अनुदान मार्फत पठाएका कार्यक्रमलाई प्रदेश सरकारले प्रकाशन गरेको जानकारी दिएको छ ।आर्थिक मामिला मन्त्रालयका अनुसार अन्य प्रदेशका योजना वार्षिक विकास कार्यक्रममा समावेश हुनुमा प्रदेश सरकारको दोष नभएको बताए । मन्त्रालयका प्रदेश सचिव जितेन्द्र बस्नेतले संघीय सरकारले सशर्त अनुदान मार्फत पठाएका कार्यक्रमलाई हुवहु प्रदेश सरकारले प्रकाशन गरेको बताए ।
सशर्त अनुदान मार्फत संघीय सरकारले ७ अर्ब बढीका योजना प्रदेश सरकारलाई पठाएको छ,बस्नेतले भने,ती कार्यक्रम परिवर्तन गर्ने अधिकार प्रदेश सरकारसंग छैन। प्रदेश सरकारले त संघीय सरकारले पठाएका कार्यक्रम वार्षिक विकास कार्यक्रममा समावेश गर्ने मात्रै हो।’संघीय सरकारले नै सशर्त अनुदान मार्फत लुम्बिनी प्रदेश सरकारलाई पठाउनुपर्ने कार्यक्रम सुदूरपश्चिम सरकारलाई पठाएको सचिव बस्नेतले बताए ।
असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षका लागि पौने ३७ अर्ब बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजना समावेश गरेपछि विरोध भएको छ ।