महेन्द्रनगरमा लागेको आगो नियन्त्रणमा

प्रशान्त ऐर,६ असार धनगढी। महेन्द्रनगरमा भीषण आगलागी भएको छ । भिमदत्त नगरगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको हो । कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगो सल्कने क्रममा आगो नियन्त्रणमा आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा पूर्णरुपमा क्षेती भएको छ । अन्य क्षेती भने नभएको प्रहरीले जनाएको छ । आगलागी सोमवार राति आठ बजे भएको हो । आगलागी भएको करिव ५० मिनेटपछि भिमदत्त नगरपालिका र बेतकोट नगरपालिकाको दुई ओटा दमकल,स्थानिय र प्रहरिको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरिले बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.