धनगढीमा इन्धनको मुल्य वृद्धि फिर्ता माग गर्दै,राके जुलुस प्रदशन
दिपक बम ६ असार धनगढी–धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले विरोध प्रर्दशन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि गरेको भन्दै विरोध प्रदशन गरेको हो । सरकारले गएराति १२ बजे देखि लागु हुने गरी मूल्य बढाएको छ ।
मुल्य वृद्धि फिर्ता माग गर्दै धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सडकमा राके जुलुस सहित टायरजलाएर प्रदशन गरेका थिए ।सरकारले गएराति १२ बजे देखि लागु हुने गरी मूल्य बढाएको छ । मुल्य वृद्धि फिर्ता माग गर्दै धनगढीमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सडकमा राके जुलुस सहित टायर बालेका थिए । आएल निगमले डिजल तथा मट्टितेलमा प्रति लिटर २७ रुपयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपयाँले बढाएको थियो । यससंँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टितेलको मुल्य १ सय ९२ रुपया पुगेको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपयाले बढाएर १ सय ८५ रुपयाँ प्रतिलिटर पुर्याएको छ । बाहृयतर्फ एक सय अमेरिकी डलरले मल्युवृद्धि गरेको छ । खाना पकाउने ग्यासको भने मुल्य भने यथावत रहेको निगमले जनाएको छ ।
प्रदशन कारिले उक्त प्रदशनमा बोल्दै सरकारले जनताको ढाड सेक्ने गरि मुल्युवृद्धि गरेको र फिर्तानलिए सम्म आफु सडक बाटै भएपनि जनताको पक्ष्यमा आवाज उठाई रहने बताएका छन् ।उक्त प्रदशन धनगढीको महालक्ष्मि विकास बैंक देखी मुख्यमन्त्री कार्यलय सम्म राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा राके जुलुस सहित नाराबाजि गरेका थिए ।