सुदूरपश्चिमाका तिन जिल्लामा बालवालिकालाई कोरोना बिरुद्धको खोप लगाईने

दिपक बम
धनगढी, ५ असार/सुदूरपश्चिका वालबालिकाहरुलाई कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुर र डडेलधुरामा असार ९ गते देखी १५ गते ‘फाईजर–वायोएनटेक’ नामक खोप लगाईने भएको हो । पाँच देखी १२ वर्ष मनिुका सम्पूर्ण बाल बालिकाहरुलाई खोप लगाईने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आईतबार राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको धनगढीमा आयोजित एक अन्तरकृया कार्यक्रममा सो कुराको जानकारी दिएका हुन् । उक्त खोपले बाल बालिकाहरुलाई कोभिड–१९ बाट ९१ प्रतिशत सुरक्षित राख्ने बताउदै विश्वस्वास्थ्य संगठनले स्विकृत दिएको जनस्वास्थ्य महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज खड्काले जानकारी दिए ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लाका खोप केन्द्र तोकिएका विद्ययालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाहरु तथा तोकीएका बाहृय खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जनाएको छ ।

पहिलो चरणमा देशभरका २७ वटा जिल्लामा खोप लगाईने भएको छ । जसअन्तरगत प्रदेश १, मा ४ वटा जिल्ला, मधेष प्रदेशमा ५, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, त्यस्तै लुिम्बनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ३ वटा जिल्लामा खोप लगाईने छ । उक्त खोप लगाउदा स्वास्थ्य सेवा बिभागबाट जारी पत्रअनुसार खोप केन्द्रमा कम्तिमा १ जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित संख्याको आधारमा थप गर्न सकीने छ । प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, दुई जना स्वमंसेवक रहने बताईएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.