प्रधानमन्त्री देउवा द्वारा धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन

धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन्। शुक्रबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।

उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन हिजो कञ्चनपुर आएका थिए। त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित नौ ओटै स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सहभागी भएका थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.