कैलालीमा अटो पल्टिँदा तीन जना घाइते
धनगढी– कैलालीमा अटो पल्टिँदा तीन जना घाइते भएका छन्। गोदावरी नगरपालिका–५ गेटा वन कार्यालय नजिक धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ५०४५ नम्बरको अटो सोमबार बिहान पल्टिएको प्रहरीले बताएको छ।
अटो आफै अनियन्त्रित भई पल्टिएको बताइएको छ। अटो पल्टिँदा चालक गोदावरी–५ बस्ने २८ वर्षीय तिलक पन्त, अटोमा सवार कञ्चनपुको कृष्णपुर नगरपालिका–९ की ३० वर्षीया दुर्गेश्वरी ऐडी र सोही ठाउँकी ३२ वर्षीया उजेलादेवी मण्डेल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइते तीनै जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको र अवस्था सामान्य रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। अटो प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।