घोडाघोडीमा बाघको आक्रमणबाट एक महिला घाइते

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । वडा नम्बर –८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन् । उनलाई मुख, हात र टाउकोमा बाघले आक्रमण गरेको छ ।

सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय सुखडका डिएसपी लक्ष्मण बहादुर शाहीले बताए । बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघ घाइते भएको बताइएको छ ।

घाइते बाघको उद्धारको लागी बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । घाइते बाघले अरूलाई आक्रमण गर्न सक्ने भएकाले लठुवा सामुदायिक वनमा मान्छेलाई जान रोक लगाइएको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.