कैलालीमा ९ केजी लागुऔषध चरेससहित तीन जना पक्राउ

धनगढी, १० फागुन । कैलालीमा ९ केजी लागुऔषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीले रोल्पाको थवाङ्ग गाँउपालिका ५ बस्ने कुमार पुन, दाङको लालमोटिया गाउँपालिका १ बस्ने पुनम पुन र दिलमाया पुनलाई पक्राउ गरिएको हो ।

उनहरुलाई धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउले घाटस्थित नेपाल भारत सीमा ईलाकाबाट बुधबार ९ केजी चरेससहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हे.क्वाले जानकारी दिएको छ ।,

सशस्त्र प्रहरीका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि पक्राउ गरिएको हो ।,

उनिहरुलाई पक्राउ गरि बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.