कञ्चनपुरमा जिल्ला स्तरिय १३औँ राष्ट्रपती रनिङ्गसिल्ड प्रतियोगिता शुरु

कञ्चनपुर ८ फागुन । कञ्चनपुरमा १३औँ राष्ट्रपति जिल्ला स्तरिय  रनिङ्गसिल्ड प्रतियोगिता शुरु भएको छ ।

कञ्चनपुर खेलकुद समितिको आयोजनामा सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक बिधालय जबदिया को खेलमैदानमा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।

९वटै पालिका टिमको सहभागितामा जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ ।,प्रतियोगिताको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले उद्घाटन गर्दै खेलकुद विकासका लागि प्रदेश सरकारले योजना ल्याउने बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै्र कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले पालिका स्तरबाट छनौट भई आएका खेलाडीविच जिल्ला स्तरमा छनौट गरे प्रदेशमा पठाइने बताए ।

एथलेटिक्स सहित भलिबल, कब्बडि , उसु, कराँते सहितका विद्यामा प्रतियोगिता हुने छ । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्वमा प्रतियोगिता भएको थियो ।

उदघाटन कार्यक्रमको सञ्चालन ज्ञान साधना बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर चन्दले गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.