दार्चुलामा जबरजस्ती करणीको आरोप लागेका वडाध्यक्ष धामी सम्पर्क विहिन

दार्चुला, ८ फागुन । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदन सिंह धामी एक महिलालाई जबरजस्तीकरणी गरेर फरार भएका छन् । गाउँमा जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि उनी माघ महिनामै फरार भएको बताइएको छ ।

वडा अध्यक्ष धामी माथि एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित महिलाले वडा अध्यक्षले जबरजस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलामा किटानी जाहेरी दिएकी छिन । पीडित महिलाले वडाअध्यक्षले माघ २० गते राती घरमा आएर जबरजस्तीकरणी गरेको निवेदन पेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिएका छन ।

वडाध्यक्ष धामी जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि सम्पर्क विहिन बनेका थिए । सम्पर्क बिहिन बनेका वडाध्यक्ष धामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।उनले प्रयोग गर्ने वडाको नम्बर पनि स्विच अफ गरिएको छ । वडा सचिव मदन धामीले भने वडाको कार्यवाहक जिम्मा वडा सदस्य करन धामीलाई दिएर उपचारका लागि काठमाण्डौं गएको बताएका छन ।

उनि माघ महिनामा जेष्ठ सदस्य करन सिंह धामीलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी दिएर उपचारका लागि काठमाण्डौँ गएको सचिव धामीले बताए । वडा अध्यक्ष कार्यालयमा लामो समय देखी उपस्थित नहुँदा कार्यालयबाट प्रवाह हुने केहि सेवाहरु सेवाहरु अबरुद्ध भएको सचिव धामीले बताए । नाता प्रमाणित, नेपाली नागरिकताका लागि सिफारिस लगातयका सेवाहरु प्रभावित भएको बताइएको छ । वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.