पूर्वस्वास्थ्यमन्त्री रहेएका प्रा. डा श्रेष्ठको निधन
काठमाण्डौ, ८ फागुन । वामपन्थी बुद्धिजीवी तथा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेएका प्रा. डा माथुराप्रसाद श्रेष्ठको निधन भएको छ ।
लामो समयदेखि दम र छाती रोगको संक्रमित उनको आज बिहान ८८ वर्षको उमेरमा निधन भएको हो । मानवअधिकार क्षेत्रका अगुवा डा श्रेष्ठको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।