आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक हुँदै
१५,जेठ धनगढी: आइतबार दिउँसो ४ बजेट बजेट भाषण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन्।
आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो।
सभामुख अग्निप्रसाद सापकोटाका अनुसार ४ बजेट बजेट भाषण हुने र त्योभन्दा १४ मिनेट अगाडि सांसदहरु संसद भवन छिरिसक्नुपर्नेछ।