डोटीमा चालु आर्थिक वर्षको ८ महिनामा ६१ मुद्या प्रहरीमा दर्ता
दिपक वम, डोटी ८ फागुन । चालु आर्थिक वर्षको आठ महिनामा जिल्ला प्रहरी कार्यालय डोटीमा ६१ मुद्या दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० फागुन ७ गते सम्म विभिन्न उधोग गरी ६१ मुद्या दर्ता भएको जिल्ला प्रहरी कार्यालया डोटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालया डोटीमा कर्तब्य ज्यान सम्बन्धिका मुद्या २ वटा, सवारी ज्यानका २, फुटकर ज्यान सम्बन्धितका घटना ३ वटा, भवितब्य ज्यानका घटना १४ वटा, झुण्डीएर आत्म हत्या सम्बन्धि ६,
जवरजस्ती करणीका घटना ६ वटा, जवरजस्ती करणी उधोगका ३ र बहु विबाह सम्बन्धि२ वटा मुद्या दर्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मिराज जोशीले जानकारी दिए ।
यस्तै, चारीका ४ वटा, हात हतियार तथा खरख जाना सम्बन्धि १,सवारी भबितब्यका घटना ३, लागु औषध खैरो हिरोई सम्बन्धिका २ वटा घटना, जुवा तासका २,
बाल यौन दुरुपयोगको १ र अभद्र ब्यवहार सम्बन्धिका १० गरी ६१ मुद्या दर्ता भएका हुन् ।,यि मध्य केहि मुद्याको सुनुवाई भैसकेको र केहि बाकी रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।