हुम्लाका शाही बझाङमा बाघको आक्रमणबाट घाइते

धनगढी, ७ फागुन । बझाङमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । हुम्लाको सिमिकोट–७ घर भई बझाङमा भेडा च्याङ्ग्राको ब्यवसायी गर्दै आएका राजमल शाही घाइते भएका हुन ।

उनि खप्तडछान्ना गाउँपालिकामा रहेको पाटादेवल नजिकै खप्तडको फेदमा रहेको जङ्गलमा भेडा,च्याङ्ग्रा चराईरहेको बेला बाघको आक्रमणमा परेर घाईते भएका उनका आफन्त यज्ञ बहादुर शाहीले बताए ।

बाघले आक्रमणबाट शाहीको खुटा र हातमा चोट लागेको छ । घाइते शाहीको खप्तडछान्ना गाउँपालिकाको शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.