अर्थमन्त्री पौडेल आज धनगढीमा
धनगढी, ५ फागुन । नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल धनगढी पुगेका छन्। अर्थमन्त्रि पौडेल (शुक्रबार) बाट सुरु हुन लागेको ‘मिसन ग्रासरुट’ अभियान सुरुवात गर्न सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी पुगेका हुन्।
उनी धनगढी पुगेलगत्तै शिवपुरी धामको दर्शन गर्न पुगेका थिए । त्यसपछि भन्सार र कर कार्यालयको अनुगमनमा गएका उनी केहीबेर पछि पार्टीको मिसन ग्रासरुट कार्यक्रमको उद्घाटन गर्नेछन् । सुदूरपश्चिम प्रदेशमा पनि आजबाट ‘मिसन ग्रासरुट’ सुरु हुँनलागेको छ ।
सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ । आज धनगढीमा सुरु हुने अभियानमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहने जनाईएको छ ।
आज केन्द्रीय नेताबाट प्रशिक्षित भएपछि २ महिना यहाँ प्रशिक्षण दिएका नेताहरूले यहाँका सबै पालिकामा यस्तै अभियान सुरु गर्ने छन् ।