खराब मौसमका कारण सम्पर्कविहीन तारा एयरको जहाज खोजीमा समस्या

पोखराबाट उडेको सम्पर्कविहीन तारा एयरको जहाज खोजी जारी छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

यस्तै, पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराब छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरि हिमालकै वरपर यो दुर्घटना हुनसक्छ भनिएको छ । तर, कहाँनिर भन्ने छैन ।’

उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए । “साभार फरक धार”

सम्बन्धित
Leave A Reply

Your email address will not be published.