एसइइ परीक्षाका लागि बैतडीमा २५ केन्द्र तोकिए

धनगढी, ४ फागुन । आगामी चैत १७ गतेदेखि सञ्चालन हुने एसइइ परीक्षाका लागि बैतडीमा २५ केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका अनुसार जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसइइ परीक्षा सञ्चालनका लागि २५ ओटा केन्द्र तोकेको हो ।

अन्य बर्ष ग्रेड वृद्धि र प्राविधिधारका लागि अलग केन्द्र राखिने गरेको भएपनि यो बर्ष त्यो केन्द्र हटाइएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए । उनका अनुसार ग्रेड वृद्धि र प्राविधिकधारका परीक्षार्थीहरुले पनि सम्बन्धित विद्यालयको केन्द्र मार्फत नै परीक्षा दिन पाउने छन् ।

जिल्लामा गत बर्ष २६ केन्द्र रहेकोमा यो बर्ष २५ केन्द्र कायम गरिएका छन् । ग्रेड वृद्धि र प्राविधिक धारको केन्द्र हटाएपछि यो बर्ष पुरानै २५ ओटा केन्द्र कायम गरिएका सूचना अधिकारी शर्माले बताए । यो बर्ष बैतडीबाट नियमित परीक्षार्थी ५ हजार १८४ जना परीक्षामा सहभागी हुनेछन् ।

यी मध्ये २१८ जना प्राविधिक धारका परीक्षार्थीहरु रहेका छन् । बैतडीबाट १४४ जना ग्रेडवृद्धिका परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.