गेटा मेडिकल कलेज सञ्चालनको लागी भैरहेको आन्दोलन प्रति कांग्रेस नेतृ राणाको असन्तुष्टि
धनगढी १४,प्रशान्त ऐर–पछिल्लो समय विवाद सँगै चर्चामा रहेको कैलालीको गेटा मेडिकल कलेज संञ्चालनको विषयमा कैलालीमा मेडिकल कलेज तु–सञ्चालनको माग गदै भैरहेको आन्दोलन प्रति नेपाली कांग्रेसकि केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा–आर्जु राणा देउवाले असन्तुष्टि जनाएकी छन् ।
एक भिडियो सामाग्री सामाजिक संञ्जालमा पोष्ट गदै यो आन्दोलनको बिषयमा पूर्णरुपमा आफु असुन्तुष्ट रहेको बताएकि छन् । भिडियो मा बोल्दै कैलालीको गेटामा रहेको क्याम्पसको बिषयमा आन्दोलन भैरहेको सुन्दा मलाई अचम्म लागेको छ ? मैले चुनावको दौरानमा अवगत गराएकै थिए र त्यहाँका डक्टर सावहरुलाई पनि अवगत नै छ, चैतको तिन गते त्यहाँ तिन सय सय्याको अस्पताल खोल्ने कुरा भई बाहिर आईसकेको छ।
एकैचोटी मेडिकल कलेज किन नखोल्ने भन्ने कुरा बाहिर बुझ्नमा आएको छ,एस्तो भन्ने साथिहरुले के बुझ्नु जरुरी छ भने नेपाल सरकारको कानुन अनुसार तिन वर्ष क्याम्पस सुरु गरेर मात्रै मेडिकल कलेज खोल्न पाउने प्रावधान रहेको ले अब चाँडैनै त्यो ठाँउमा क्याम्पस संञ्चालनमा आउने बताएकि छन् । यो स्थानिय निर्वाचनको कारण मात्रै प्रभावीत भएको र अब यो बजेट मै थप बजेट आएर क्याम्पस स्ांञ्चालनमा आउने बताईन् ।
साथै यो बेकारको आन्दोलन र बेकारको भ्रम सिर्जना नगर्न समेत आग्रह गरेकि छन् ।