नेपाल प्रेस युनियन कैलाली शाखाले गर्यो पत्रकारहरुको नि:शुल्क स्वस्थ्य चेकजाँच

धनगढी,प्रशान्त ऐर– नेपाल प्रस युनियनको कैलाली शाखाले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रवार(आज) पत्रकारहरुको नि:शुल्क स्वस्थ्य चेकजाँच  गरेको छ ।युनियनको ३१ औं स्थापना दिवस मनाउदै कैलाली स्थित पत्रकारहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्ज सेन्टरमा पत्रकारहरुको ब्लड प्रेसर ,सुगर लगाएतको परिक्षण गरिएको हो ।

नेपाल प्रेस युनियनका कैलाली शाखा अध्यक्ष श्रवण देउवाले स्वास्थ्य परिक्षणको क्रममा बोल्दै युनियनको स्थापना दिवसको अवसरमा केहि श्रीजनात्मक  काम गरौं भन्ने हेतुले यो कार्यक्रम गरेको र पत्रकारहरुले बिभिन्न ठाँउहरुमा रिपोर्टिङको क्रममा,समाचार संकलनको क्रममा जाँदा दौडधुप गरिरहदा स्वास्थ्यको अवस्था के छ ? थोरै भएपनि स्वास्थ्यको अवस्थाको वारेमा थाहा हुने भएकाले यो कार्यक्रमको आयोजना गरिएको बताए।

उक्त कार्यक्रममा कैलाली धनगढी स्थित पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.