कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद
धनगढी, २७ माघ । कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । कञ्चनपुरको वेलौरीबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट एक ६० किलो अवैध माछा बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय गड्डा चौकी कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले भन्सार छलीका करिब ६० हजार ६८० मुल्य बराबरका कम्बल र कपडा समेत बरामद गरेको छ ।
त्यस्तै प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले सुर्ती, सुपारी, विडी लगायत करिब १२ हजार मुल्य बराबरका भन्सार छलीका सामान बरामद गरी कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको प्रहरीले जानकारी दिएको छ ।