पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा धनगढीमा विरोध प्रदर्शन गरीयो

धनगढी: विष्णु भट्ट । धनगढीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । एमालेको भातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विरोध गरेको हो । धनगढीमा रहेको नेकपा एमालेको पार्टी कार्यालय देखी सुदुरपश्चिम सरकारको मूख्य मन्त्री कार्यालयको गेट सम्म प्रदर्शन गरीएको हो।

मूख्य मन्त्री कार्यालयको गेटमा गरिएको कोण सभामा बोल्दै अनेरास्वयिुका जिल्ला अध्यक्ष किसोर शाहले मूल्य वृद्धिले गरिब नागरिकलाई समस्या परेको हुँदा मूल्य वृद्धि फिर्ता गर्न सरकार सगं माग गरे ।

सरकारले मूल्य वृद्धि फिर्ता नगरेसम्म संघर्षका कार्यक्रम जारी रहने उनले बताए । उनले बहालवाला प्रधानमन्त्री शेर बहादुर देउवाले हालशालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ठाँउठाउँमा गएर बाडेको पैशा उठाउन पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको आरोप लगाए ।

सोहि कोण सभालाई सम्बोदन गर्दैै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य रक्षा बमले पर्मादेशी गठबन्धनको सरकारले एक हप्ता भित्रमा मात्रै पेट्रोलमा २० रुपैँयाका दरले मुल्य बृद्धि गरेको बताइन् । स्थानीय तहको निवार्चनमा जनाताले नेपाली काग्रेसलाई पहिलो पार्टि बनाएको बताउदै उनले दश दिन न पुग्दै पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्य बृद्धि जनतालाई उपहार भएको भन्दै ब्यग्ंय गरिन्।

उनले अब आउने चुनावमा जनताले नेकपा एमालेलाई पहिलो सक्ती बनाउने विस्वास व्यक्त गरिन्।

पेट्रोलिय पदार्थको मुल्यवृद्धिको विरोधमा देशभर प्रर्दशन भैरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.