अमेरिकन नेपाल मेडिकल एसोसियसनको सहयोगद्धारा अछामको बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान

अछाम, २४ माघ । अछामको बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । अमेरिकन नेपाल मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो ।

करिब एक करोड भन्दा बढीको लागतमा दैनिक ५० लिटर उत्पादन र ५० लिटर जम्मा गर्न मिल्ने क्षमताको अक्सिजन प्लान्ट सुरु भएको बयलापाटा अस्पतालले जनाएको छ ।अक्सिजनप्लान्ट सुरु भएपछि अछामलगायत यस क्षेत्रका बिरामी तथा अन्य अस्पतालहरुलाई समेत सहजता हुने भएको छ ।

अन्य अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संघ संस्थाले अक्सिजन आवश्यक परे बयालपाटा अस्पतालमा आएर अक्सिजन भर्न सक्नेछन् ।एद दिनमा उक्त अक्सिजन उत्पादन र भर्नका लागि ३५ किलोवाट बिधुत खपत हुने प्लाण्ट जडान गर्ने कम्पनी मेडी अक्सी प्रालीका बायोमिडिकल इञ्जिनियर मदन भण्डारीले बताएका हुन् ।

उक्त जडान भएको अक्सिजन प्लान्टको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले प्लान्टको उद्घाटन गरेका हुन् ।अक्सिजन प्लान्ट सुरु भएकोमा खुसी व्यक्त गर्दै नगर प्रमुख कुवँरले यस क्षेत्रका जनतालाई अब सहजता हुने बताए हुन् । साथै उनले यसको दिगोपना र मर्मत सम्भारमा बिशेष ख्याल गर्नुपर्नेमा जोड दिए ।

बयालपाटा अस्पतालको सञ्चालक समिति गठन
बयालपाटा अस्पतालको सञ्चालक समिति गठन गरिएको छ । जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० शय्याको अस्पतालको सञ्चालक समिति गठन गरिएको हो ।साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुवँर सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।

जसको सदस्यहरुमा जिल्ला समन्वय समिति प्रमुख वा प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्लाअधिकारी वा अधिकृत स्तरको कर्मचारी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना रहेका छन् ।यस्तै बान्नीगढी जयगढ गाँउपालिका अध्यक्ष टेक बहादुर साँउद, मंगलसैन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहरा, समाजसेवी महिलातर्फ गीता कुवँर, अस्पताल रहेको वडा नं ७ का अध्यक्ष हिक्मत कडायत सदस्य रहेका छन् ।

न्याय हेल्थ नेपालको तर्फबाट संस्थाका महासचिव एसपी कलौनी र डा अरुणा उप्रेती सञ्चालक समितिको सदस्य रहेका छन् भने सदस्य सचिवमा बयालपाटा अस्पताल प्रमुख डा मन्दीप पाठक रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.