डडेल्धुराका नब निर्वाचित जनप्रतिनिधिहरूको सम्पत्ति विवरण छानबिन नभए हामी सडक मा आउन बाध्य हुनेछौँ : तमोली

धनगढी – पछिल्लो समय डडेल्धुरा जिल्लामा समाजसेवीको नामले परिचित युवा हुन सुरत तमोलि । आफ्नो बर्कत र क्षमताले भ्याएसम्म स्वतन्त्र हिसाबले दुखी पीडिहरुको घाउमा मलम लगाउँदै आएका तमोलि विगत ३ वर्षदेखि समाजसेवा गर्दै आइरहेका छन्। ।

स्थानीय निकायको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिको पदस्थापन कार्य सम्पन्न भएसँगै स्थानीय निकायमा निर्वाचित यस अगाडिका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल समाप्त भएको छ । नेपालमा हरेक निकायमा भ्रष्टाचारले मजबुत जरा गाडेको अवस्था विद्यमान छ। यसै सिलसिलामा कार्यकाल पूरा गरि बिदा भएर जाने जनप्रतिनिधि र निर्वाचित भएर आउने जनप्रतिनिधिको सम्पत्ति छानबिन हुनुपर्छ ।
¨तमोली भन्छन् विगतका दिनमा देखिएको विकास कार्यका नाममा गरिने नीतिगत भ्रष्टाचार, भाइ भतिजावादी, आसेपासे मन्साउने प्रवृत्ति लगायत अनगिन्ती प्रकारका विविध खाले भ्रष्टाचारलाई मलजल गरिएको हुनाले अबका दिनमा कसैप्रति पनि आँखा चिम्लेर विश्वास गर्न सकिँदैन । उनी अगाडि भन्छन ूत्यसैले जनताद्वारा निर्वाचित जनप्रतिनिधिको विगत र वर्तमानको सम्पत्तिको मुल्यांकन गर्दा कानुनी हिसाबको भन्दा फरक देखिएमा कडाभन्दा कडा सजाय दिई कारबाही गर्नुपर्छ। जस्तै जनप्रतिनिधिको कानुनले तोके बमोजिमको तलव भत्ता, बैठकभत्ता मासिक रुपमा कति हुन्छ त्यसलाई ६० महिनाले गुणन गर्दा निस्कने रकम मात्रै जनप्रतिनिधिको हकको न्यायिक रकम हुन आउँछ ।

त्यो भन्दा बढी वा अएको देखिएमा उक्त सम्पत्ति भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्तिको रुपमा लिनुपर्छ । यति गरेमा मात्र जनताको मतको कदर हुनेछ । जनप्रतिनिधि कसैको मालिक होईन जनताको सेवक हो भन्ने नजिर बस्नु नितान्त जरुरी छ । यसबाट पारदर्शिता भई जनताको हकहितमा काम हुनेछ ।डडेल्धुराका नव निर्वाचित जनप्रतिनिधिहरूको सम्पत्ति विवरण छिटोभन्दा छिटो पत्रकार सम्मेलन गराई सार्वजनिक होस अन्यथा हामी सचेत मतदाता सडकमा आउन र आन्दोलन गर्न बाध्य हुने तमोलीले सम्पुर्ण नयाँ तथा पुराना जनप्रतिनिधीहरुलाई आग्रह गर्नु भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.