त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ
काठमाडौं, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ परेका छन् । एक क्यानेडियन नागरिकलाई ९ किलो १३५ ग्राम सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो ।
बुधवार दुबईबाट आउँदै गरेको क्रममा चेकजाँच गर्दा उनको साथमा ठूलो परिणाममा सुन भेटिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।