धनगढीमा भाई भनेको भन्दै एकजना युवक माथी सामुहिक आक्रमण
धनगढी,१९ माघ । धनगढीमा भाई भनेको भन्दै एकजना युवक माथी सामुहिक आक्रमण भएको छ । धनगढी उप महानगरपालिका ५ शिवनगर बस्दै आएका बसन्त जेठारा माथी कुटपिट भएको हो ।
धनगढीको हसनपुर स्थित बाल्मिकी स्कुल नजिकै निशेध धामी लगायतको टिमले जेठारा माथी आक्रमण गरेको हो ।करिब १० जना जतीको टिममा रहेका आक्रमणकारीहरुले जेठारालाई बोलाउँदा के हो भाई भनेकै भरमा हामीलाई भाई भन्ने भनेर कुटपिट गरेको पाइएको छ ।
बाल्मीकी स्कुलबाट जेठारालाई लखेट्दै टिसिएन चोकसम्म पु¥याएका बेला स्थानियले प्रहरीलाई खबर गरेपछि एक जनालाई पक्राउ गरिएको छ । कुटपिटमा परेका जेठाराका अनुसार कुटपिट गर्नेहरुलाई आफु खाशै नचिन्ने भएपनि धामीको टिमले आफुमाथी आक्रमण गरेको हो । उनका अनुसार मुख, टाउको र शरिरमा चोट लागेको बताएका छन् ।
म एक्लै हिँडेर आउँदै थिए उहाँहरुको टिमको एक जनाले ओई भनेर बोलायो जेठाराले भने “के हो भाई भन्दा त भाई भन्ने भनेर मलाई लखेटी लखेटी कुट्यो, एक जनालाई मात्र प्रहरीले समातेको छ अन्य भाँगेका छन् ।” जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुटपिटमा संलग्न पञ्चोदय माध्यमिक बिद्यालयमा अध्यायनरत निशेध धामीलाई पक्राउ गरिएको छ ।
प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीका अनुसार अन्यको खोजी कार्य भइरहेको र पिडितलाई जाहेरी दिन लगाएको बताए । कुटपिटमा संलग्नहरुलाई सार्वजनिक मुद्धा लाग्ने जोशीले बताए ।