सचिवालय सुदृढीकरण पहिलो प्राथमिकता : नवनिर्वाचित मेयर हमाल

धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने बताएका छन् । धनगढीको मेयरमा विजयी भएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ, किनभने जबसम्म सचिवालय सुदृढीकरण हुँदैन् तब सम्म कुनै पनि योजनाहरू सही तरिकाले कार्यान्वयन हुँदैनन् । त्यस कारणले अहिले जुन सचिवालय छ । यसलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भनेर कार्यालय प्रमुख र विभिन्न शाखाका प्रमुखहरू सँग बसेर उहाँहरूको सल्लाह लिएर हामी अगाडि बढ्छौँ,’ उनले भने ।

यस्तै हमालले उपमहानगरपालिकामा रहेको अधुरा योजनाहरूलाई निरन्तरता दिने बताउदैँ उनले भने,‘जति पनि अधुरा योजनाहरू छन् त्यसलाई पनि सम्पन्न गर्नको लागि हाम्रो पहिलो प्राथमिकता नै रहन्छ । अधुरा रहेका योजनाहरूलाई समय सीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्ने कार्यतर्फ लाग्छौँ ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.