पार्टीका तर्फबाट भए पनि स्वतन्त्र रुपमा चुनाव लडेको हुँ: वड
धनगढीः नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा धनगढी उप महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार नृप बहादूर वडले पालिकामा गठबन्धन भएपनि नामको मात्रै भएको बताए ।
गठबन्धन रहेका दल र पाटीको पुर्ण अशहयोग भएपछि आफुलाई स्वतन्त्र बनाएको उनले दुःखेसो पोखे । निबर्तमान मेयर वडले स्वतन्त्र उमेदवार गोपाल हमाल संग पराजित भएपछि प्रतिक्रृया दिदै आफु पार्टीबाट निर्वाचन लडेपनि स्वतन्त्र जस्तै उमेदवार भएको बताएका हुन् ।
वडले आफु मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरे ।“राम्रा कामलाई निरन्तरता दिन र नराम्रा कामलाई सच्याएर जान मेयर हमाललाई उनले आग्रह गरे ।