ससुराको हिंशा सहेकी मिनाः अहिले पनि स्वास्थ्य समस्या भोग्दै
धनगढी,१६ माघ । कैलालीको जोशीपुर गाउँपालिका वडा न. ७ की मिना चौधरी उमेरले अहिले ४१ वर्ष पुगेकी छिन् । झण्डै आठ वर्ष अघि मृत्यु शैय्याबाट बाँचेकी उनी अहिले पनि बेला–बेला स्वास्थ्य समस्या भोग्दै आईरहेकी छिन् ।
उनी भन्छिन् –‘अस्पतालले दोस्रो जिवन दिएको छ । तर, अहिले पनि बेला–बेला टाउकोमा समस्या आइरहन्छ ।’ मिनालाई उनका ससुराले बाँका (धारिलो हतियार)ले तीन पटक प्रहार गरेका थिए । गर्भवतिसमेत रहेकी मिना घाइते अवस्थामा हुँदा छिमेकीहरुले अस्पताल पुर्याएका थिए ।
उनी त्यो घटनालाई अहिले पनि भुल्न सक्ने अवस्थामा छैनन् । किनकी उनी अहिले पनि ससुराबाट भौतिक नभएपनि मानसिक हिँसा सहदै आएकी छिन् । घरेलु हिँसा सहदा अस्पतालदेखि दोस्रो जिवन पाएकी मिना ससुराकै पक्षमा रहेकी छिन् ।
‘छोरी बाहिर खाना खान लागेकी थिइन भान्सामा म पनि खाना खान सुरु गर्दै थिए, तीन गाँस खाना मुखमा के हालेकी थिए, ससुरा बाँका (धारिलो हतियार) लिएर दैलोमा उभी हाले’ त्यो घटना स्मरण गर्दै उनले भनिन् ‘कता भाग्ने सुर नै पाएन् । दैलोमै उभिएका ससुराले कपाल समातेर बाहिर ल्याएर पहिलो पटक बाँकाले टाउकोमा प्रहार गरे । पहिलो प्रहारमै म वेहोस भए ।’ उनीमाथि ससुराले तीन पटक बाँका प्रहार गरेका थिए ।
छोरीहरुको चिचाहटले मिनालाई छिमेकीले उद्दार गरि अस्पताल पुर्याए । ठिक भएर आएपछि उनले ससुरालाई माफी दिई थुनामुक्त गराए तर, अहिले पनि उनको ससुराले मानसिक समस्या दिईरहेका छन् । उनी भन्छिन –‘ससुरा उमेरले ७० पुग्नै लागे । कुटपिट त गरेका छैनन् । घरबाट छुट्टाछुट्टै बसे पनि जहिले गाली–गलौज गरिरहन्छन् ।’
ससुराको कुटपिटबाट घाईते भएपछि मिनालाई धनगढीस्थित अस्पतालमा ल्याईएको थियो । धनगढीले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गर्यो ।कोहलपुर अस्पतालमा उपचारमा रहेकी मिना त्यस दिनलाई सम्झदै भन्छिन् –‘चिकित्सकले बच्चाभन्दा पनि मेरो ज्यानको बचाउनमा जोड दिए । तर, मैले दुबैको ज्यान बचाईदिन आग्रह गरे ।’
टाउँमा निकै गहिरो चोट र कान पनि काटिएको अवस्थामा उपचारमा रहेकी मिनाको कोखमा तिन महिनाको बच्चा हुर्किरहेको थियो । उनलाई चिकित्सकले बच्चालाई फालेपछि मात्रै टाउकोको अप्रेसन गर्न सकिने बताए । दुबैको ज्यान बचाउन सम्भव नभएपछि उनलाई कोहलपुरबाट काठमाण्डौंस्थित टिचिङ्ग अस्पताल रेफर गरिएको थियो ।
मिना भन्छिन् –‘पन्ध्र दिन काठमाडौँको टिचिङ अस्पताल बसेर टाउकोको अप्रेसन भयो र बच्चा पनि फाल्नु परेन ।’ बाँच्ने आशै मारेकी मिनाले फेरी अर्को जिवन त्यही दिनबाट पाइन् । ‘मैले बाँच्छु सोचेकी थिइन् तर बाचे’ उनले लामो स्वास फेर्दै भनिन् ।
ससुराले रक्सीको मातमा मिनासंगै सासूलाई पनि गाली गलौज गर्ने गरेका छन् । छोराले सम्झाउँदा पनि ससुराको बानी हट्न नसकेको उनी बताउँछिन् । त्यस्तो अवस्थामा पनि ज्यान जोखिममा राखेर बच्चालाई जिवित जन्माइन ।
मिनाले अहिलेसम्म श्रीमानबाट हिँसा भोग्नुपरेको अवस्था आएको छैन् । उनका श्रीमानले जहिले उनलाई साथ, सहयोग र माया गर्दै आईरहेका छन् । तर, ससुराबाट भौतिक र मानसिक हिँसा उनी सहन बाँध्य भईन् ।
श्रीमानबाट राम्रै माया र सहयोग पाएकी मिनाले ससुराबाट भने माया त के राम्रो सँग बुहारी भनेको समेत सुन्न नपाएको उनी बताउँछन् । ‘सानैमा घरको आर्थिक अवस्था कमजोर भएका कारण जग नारायण चौधरीसङ विवाह भयो’ उनले भनिन –‘श्रीमान दैनिक ज्यालादारी गर्छन । त्यसैले घर खर्च चल्छ । श्रीमानको साथ र सहयोगको कमी मलाई कहिले भएन् ।’
उनका श्रीमान प्राय कामको सिलसिलामा भारत गईरहन्छन् । घटना हुँदाका समय श्रीमान स्वदेशमै भएपनि कामको सिलसिलामा अर्को गाउँमा थिए । श्रीमान नभएको समयमा उनका ससुराले घाइते हुने गरि टाउँकोमा हतियार प्रहार गरेका थिए ।
छिमेकीले उनका ससुरालाई जेलमा पु¥याएका थिए । ससुरा त्यति बेलामा नै ६० काटी सकेका थिए । ‘बुढा ससुरालाई उनले अव म बाँची हाले घरमा ल्याएपछि सुध्रिन्छ की भनेर बाहिर निकाल्न लगाइन् । तर घट्नाको यतिका वर्ष सम्म उनी सुध्रिएनन् ।मिनाको छोरा अहिले ७ वर्षको छ । छोरा भन्दा अघिका जेठी छोरी १६ वर्ष र कान्छीलाई अहिले १२ वर्ष भएको छ ।