धनगढी सुपर लिग: महेन्द्रनगर क्रीकेट एकेडेमी र लिटल फ्लावर विजयी

धनगढी ७ जेठ । कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’अन्तर्गत शनिवार सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रीकेट एकेडेमी र लिटल फ्लावर क्रीकेट क्लब धनगढी विजयी भएका छन् । शनिवारको पहिलो खेलमा बलरहरू चम्किँदा महेन्द्रनगर क्रीकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । धनगढी क्रीकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो ।

धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६।३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १३ रन मात्रै बनाउन सक्यो । १ सय १४ रनको सामान्य विजयी लक्ष्य सहित मैदान उत्रिएको धनगढी क्रीकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पुरै खेल्दा ८४ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु रिजालले ३१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन ।

डीसीएलाई सस्तैमा समेट्न महेन्द्रनगरका राहुल भण्डारीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ४ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए ।

त्यस अघि धनगढी क्रीकेट एकेडेमीका बलर हिक्मत महराले कसिलो बलिङ गर्दा महेन्द्रनगर १ सय १३ रनमै समेटिएको थियो । उसका लागि आयुष्मान् बमले २५ र हेमन्त धामीले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन । बलिङ तर्फ हेमन्तले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १८ रन खर्चिएर महत्त्वपूर्ण ६ विकेट लिए । खेलको प्लेयर अफदीम्याच राहुल भण्डारी चुनिए ।

शनिवारको दोस्रो खेलमा लिटल फ्लावर क्रीकेट क्लबले कैलाली जिल्ला क्रीकेट क्लबलाई १५ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लिटल फ्लावर क्रीकेट क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय७९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । १ सय ८० रन पछ्याउँदै जवाफी ब्याटिङ थालेको कैलाली जिल्ला क्रीकेट क्लबले ९ विकेट गुमाएर १ सय ६४ रन मात्रै बनाउन सक्यो । उसका लागि दीपक टमाटाले ४१ र दिनेश ओडले २७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङ तर्फ लिटल फ्लावरका दीपक बोहराले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उसका कौशल रुपाखेतीले २ विकेट लिए ।त्यस अघि लिटल फ्लावरका लागि प्रकाश जैशीले ४ छक्का र ३ चौकाको मद्दतले २८ बलमा ४८ र कृष्ण कार्कीले ६ चौका र १ छक्काको मद्दतले २४ बलमा ४२ रनको अविजित पारी खेले । ६ विकेट गुमिसेकेको अवस्थामा उनीहरूले अन्तिम ४१ बलमा ८६ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए ।

उसका मनिस थापाले २६ र दीपक बोहराले २२ रन बनाए । बलिङ तर्फ कैलाली जिल्ला क्रीकेट क्लबका वीरेन्द्र नाथले २ विकेट लिए । खेलको प्लेयर अफदी म्याच प्रकाश जैसी चुनिए ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गते सम्म सञ्चालनहुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाखतथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यानतथाउदीयमान खेलाडीले ७हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् ।

प्रतियोगितामा देशकाविभिन्न ६ वटा क्लबहरू बुङगलक्रिकेट क्लबबझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलालीजिल्लाक्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोज कविन्द्र वडले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.