कञ्चनपुरको कृष्णपुर–४ साहारानगरमा एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपीट
धनगढी-प्रशान्त ऐर: कञ्चनपुरको कृष्णपुर–४ साहारानगरमा एक महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपीट गरिएको छ । कमला बिक नाम परिवर्तन महिलालाई आफ्नै देवर गणेश बिकले निर्घात कुटपटि गरेका हुन् ।
महिलाको कुटपिटबाट टाउको र शरिरमा चोटपटक लागेको छ । उनको उपचार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । एकल महिला समेत रहेकी बिकलाई माईती देउताको बोक्सी लगाएको भन्दै बिगतका बर्षदेखी नै आफु कुटपिटमा परेको उनले बताईन्।
२०६० साल बाट एकल महिला हुनु भएको उहाँ धेरै दुख गरेर साहारा बिना छोरा छोरी हुर्काएको बताउनु हुन्छ । यो भन्दा अगाडी पनि गाँउलेहरुले सम्झाँउदा अब आईन्दा कुटपिट गर्दिन भने पनी फेरी कुटपिट गदै आईरहेको बताईन् ।
यो भन्दा अगाडी पनि बारबार कुटपिट गर्दा पनी घर हो घरको कुरा घर्मै मिलाउँ आफ्नै देवर हुन घरको इज्जतको डरले कसै सँग नि नभनेको र पुलीस रिपोर्ट पनी नगरेको उहाँको भनाई छ । तर सुक्रवार त ज्यान नै लिने हिसाबले आक्रमण गरेको बताईन् ।
एकल महिला हो एसलै केहि गर्न सक्दैन,एस्को कोहि छैन भन्ने सोचेर बारबार बोक्सीको आरोप लगाउने गरेका छन । आमाजुले उसैले मेरो भाईलाई खाएको हो र आफ्नो जस्तै अवस्था होस भनेर देउदा लागाएको छ भनेर आफु माथि कुटपिट हुन्छ । कुनै प्रगति तथा परिवारिक स्वास्थ्य स्थिती राम्रो नभएको भन्दै कुटपिट झगडा गर्दै आएको बताईन्।
आफु साँचै पिडितनै हुँ पिडितको हिसावले न्याए पाँउनु पर्छ,यो भन्दा अगाडी आफ्नो ज्यान असुरक्षीत भएको ले न्याँए पाँउ भनेर पुलिसमा रिपोर्ट दिएको बताईन् ।
पिडित महिलाका दुई छोरी एक छोरा रहेका छन् । देवर गणेश बिक, देउरानी खगेश्वरी बिक र डिक्रा बिक, सन्तली बिकले सधै देवी देवता लगाएकोले बोक्सी भन्दै यातना दिएको महिला बिकको आरोप रहेको छ ।
शुक्रबार ठाडो उजुरीका आधारमा गणेश बिकलाई ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरले नियन्त्रणमा लिएको छ । प्रहरी भने बोक्सीको आरोपमा कुटपिट भएको भनेर जाहेरी नआएको र एकिन बोक्सी भन्न नसक्ने भन्दै पन्छिन खोजिरहेको छ । यस बिषयमा एक्टिभ खबरले गुलरिया प्रहरी सँग थप बुझ्दा प्रहरी भने कुनै प्रतिकृया दिन मानेको छैन ।