बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गर्न रोक
काठमाडौँ ,११ माघ । । नेपाल प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न पम्प पम्पलाई निर्देशन दिएको छ ।
पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा आगलागी लगायतका घटना हुन सक्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना निकालेर रोक लगाएको हो ।
जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।